शक्तिशाली गोनी आँधीले फिलिपिन्समा ९० प्रतिशत भवनहरू क्षतिग्रस्त

शक्तिशाली गोनी आँधी सबैभन्दा पहिले प्रवेश गरेको फिलिपिन्सको बजारका ९० प्रतिशत भन्दा बढी भवनहरु क्षतिग्रस्त भएको हुन सक्ने रेड क्रसले जनाएको छ ।

रेड क्रस फिलिपिन्सका अध्यक्ष डिक गोर्डनले तस्बिर तथा भिडियोहरुमा देखिए अनुसार ७० हजार भन्दा बढीको बसोबास रहेको विराकका ९० प्रतिशत संरचना क्षतिग्रस्त भएको अनुमान गर्न सकिने बताए ।

आइतबार ठोक्किएको गोनी आँधीका कारण फिलिपिन्समा कम्तीमा १६ जनाको ज्यान गएको छ। अहिले सो आँधीको गति कमजोर भएको छ ।

राजधानी मनिलासहितका क्षेत्रमा आँधीले जनजीवन प्रभावित भएको छ । सयौँ हजार मानिस बिस्थापित भएका छन् ।

सन् २०१३ मा ६ हजार भन्दा बढिको ज्यान लिएको हाइयान आँधीपछि फिलिपिन्समा आएको यो सबैभन्दा शक्तिशाली आँधी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *