आजको राशिफल २०७७ कार्तिक २१ (ई.सं. 6 November 2020)

 

Mesh Rashi (मेश राशि ) चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मेवामिष्ठान्न आदि खाने वातावरण मिल्नेछ । सामाजिक कामको दायित्व थपिने छ । वित्तीय क्षेत्र र व्यापारिक लगानीका लागि नयाँ काम गर्न उचित समयको योग छ । कृषि, वन र माटोसम्बन्धी व्यवसायीले लाभ प्राप्त गर्नेछन् । प्रशस्त धन आर्जन गर्ने अवसर पाइने छ ।

Vrishabha Rashi (वृष राशि ) इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

नयाँ काममा हात हाल्नु बलियो समय छैन । आर्थिक पक्षमा मन्दी भए पनि बेफाइदा नै हुने छैन, तर कृषि तथा कृषिजन्य व्यवसायमा संलग्नहरूले भने निराशाको अनुभूति गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्धमा चिसोपन देखिन सक्छ । मन भावुक र उत्ताउलो बन्नेछ ।

Mithun Rashi (मिथुन राशि ) का, कि, कु, घ, ङ, छ, के, को, ह

व्यय क्षेत्रमा चन्द्रमा रहेकाले सुरुमा मन खिन्न भए पनि अपराह्नपछि मन भुलाउने उपायको खोजी हुनेछ । शत्रु परास्त हुनेछन् । इष्टमित्रले पनि तपार्इंको प्रशंसा गर्नेछन् । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । आफ्नो निर्णयमा गरिएका कामबाट बेफाइदा हुनेछैन ।

Karkat Rashi (कर्कट राशि ) हि, हु, हे, हो, डा, डि, डु, डे, डो 

बिहानको समयमा चन्द्रमा शुभ भावमा रहेकाले राम्रै छ । बन्दव्यापार र उद्योगधन्दामा सफल नै भइनेछ, सरकारी वा प्रशासनिक क्षेत्रमा सक्रिय हुनुपर्ने समय छ । अपराह्नमा बाह्रौं भावमा चन्द्रमाको प्रवेश हुनेछ । मनमा निराशापन बढ्ने छ, कामधन्दामा समय दिन मन लाग्दैन, अल्छीपन र आलस्य जाग्नसक्छ ।

Simha Rashi (स‌िंह राशि ) मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामाजिक क्षेत्रमा काम गर्नेका लागि वर्चस्व स्थापना गर्न सकिने दिन छ । साथीभाइ, बन्धुवान्धव र इष्टमित्रबाट राम्रो सहयोग जुटाउन सकिन्छ । अविवाहितहरूमा विपरीतलिङ्गीबाट सहयोग प्राप्त हुनेछ । परिश्रमका माध्यमबाट आम्दानी बढ्ने छ ।
Kanya Rashi (कन्या राशि ) टो, प, पि, पु, ष, ण, ठ, पे, पो
ठूलाबडाको साथसहयोग पाइनेछ । नयाँ ठाउँमा निवेशको वातावरण बन्नेछ । मान्यजनको आशीर्वचन प्राप्त हुनेछ । भाग्यबलमा अभिबृद्धि हुनेछ । धार्मिक वा दार्शनिक गतिविधिमा आकर्षण बढ्नेछ । रोकिएका काम सम्पादन गर्न मद्दत पुग्ने छ।
Tula Rashi (तुला राशि ) र, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको दिन मिश्रित फलदायी रहेको छ । उदयकालमा आयुक्षेत्रमा चन्द्रमा छ, तर राशिमा शुभ ग्रहको प्रभाव रहेकाले कर्मप्रति निष्ठा राखी अघि बढ्दा अन्त्यमा सफलता नै आर्जन हुनसक्ने दिन छ । परोपकार र धार्मिक क्षेत्रका क्रियाकलापमा ध्यानकेन्द्रित हुनसक्छ ।
Vrishchika Rashi (वृश्चिक राशि ) तो, ना, नि, नु, ने, नो, या, यि, यु
दिउँसोसम्म राम्रो दिन रहेकाले तपाईंले कुनै महत्वपूर्ण काम छ भने मध्याह्नभित्रै सिद्ध्याउनु राम्रो हुनेछ । सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ ।
Dhanu Rashi (धनु राशि ) ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
दिउँसोसम्म छैंठौं सकारात्मक चन्द्रमा रहेकाले मावली वा आमाको आशीर्वाद प्राप्त हुनेछ । मनमा उल्लास, हर्ष र आनन्दको वातावरण प्राप्त हुनेछ । अपराह्नपछि सातौं भावमा चन्द्रमाले प्रवेश गर्नेछ, अझ उत्कृष्ट समयको सुरुवात हुनेछ । सबैखालका झैझमेला र अनिष्टहरू मत्थर हुन थाल्नेछन् ।
Makar Rashi ( मकर राशि ) भो, ज, जि, खि, खु, खे, खो, गा, गि
बिहानको समय राम्रो छ । सकारात्मक र व्यवहारिक सोचको विकास हुनेछ । बन्दव्यापार र पेसाबाट सन्तुष्टि मिल्ने देखिन्छ । बिहानको चिन्तन र सोचले समग्रमा फाइदा नै हुनेछ । छोराछोरीबाट सन्तोष प्राप्त हुनेछ । इष्टमित्रले प्रशंसा गर्नेछन् ।
Kumbha Rashi (कुम्भ राशि ) गु, गे, गो, सा, सि, सु, से, सो, द
आज प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ । यद्यपि दिनभरि दुःख र झमेला व्यहोर्नु पर्ने दिन भए पनि बेलुकीपख सन्तुष्टिको वातावरण मिल्नेछ । परदेशमा बसोबास गर्नेहरूले खानपीन र मनोरञ्जनका क्षेत्रमा खर्च गर्न सक्छन्र ।
Min Rashi (मीन राशि ) दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । यात्राको सम्भावना छ । बिहान सामाजिक र परोपकारका क्षेत्रमा खट्दा मनमा आनन्दको अनुभूति हुनेछ । दिउँसोबाट पारिवारिक र घरायसी प्रयोजनमा समय दिइने छ । खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *