पूर्वसभामुख कृष्ण बहादुर महरालाई पत्नी शोक

पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीता महराको आज निधन भएको छ । उनको बुधबार बिहान ६ बजेर २५ मिनेटमा निधन भएको हो ।

कात्तिक १५ गतेदेखि मेन्टिलेटरमा राखेर उपाचार गरिँदै आएको उनमा कोरोना पोजेटिभ देखिएको सभामुख हुँदा महराका प्रेस सल्लाहकार रहेका डिल्ली मल्लले जानकारी दिए ।

उनको नर्भिक हस्पिटलमा पीसिआर टेष्ट गरिएको थियो । दशैंमा पुख्यौली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । उनका दुई छोरा र एक छोरी छन् ।

सीता महराको निधन प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट मार्फत् भावपूर्ण श्रद्धाञ्जलि तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *