वीरगन्जमा खुले विद्यालय

जाडोयाममा कोरोना संक्रमण फैलिन सक्ने भएकाले विशेष सावधानी अपनाउन विज्ञहरूले जोड दिइरहेका बेला वीरगन्जमा भने निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आउन थालेका छन् । यहाँका केही निजी विद्यालयले सादा पोसाक र केहीले स्कुल पोसाकमै विद्यार्थी बोलाएर पठनपाठन सुरु गरेका हुन् ।

गत आइतबार वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आगामी कात्तिक २३ भित्र सामुदायिक विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको छ । यसका लागि अभिभावकको अनुमति अनिवार्य गरिएको छ । साथै सामुदायिक विद्यालयको हकमा आवश्यक पर्ने मास्क, साबुन र थर्मोगन महानगरले व्यवस्था गर्ने तर सो प्राप्त नहुन्जेल विद्यालयले नै तयारी गर्ने निर्णय भएको छ ।

विद्यालय सञ्चालनमा आउन थालेपछि विद्यार्थीको स्वास्थ्यसँग खेलबाड भएको अभिभावकले आरोप लगाएका छन् । जनस्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक  भौतिक रूपमा विद्यार्थीलाई स्कुल नबोलाई कम्तीमा एक महिना अझै वैकल्पिक शिक्षा प्रणाली अपनाउनुपर्नेमा जोड दिन्छन् । उनका अनुसार विद्यालय सञ्चालनमा ल्याउनु अगाडि संक्रमितका लागि सरकारी आइसोलेसन सेन्टर र निःशुल्क कोरोना परीक्षणको व्यवस्था मिलाउन आवश्यक छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *