विमानस्थलमा पत्रकारलाई राेक

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको समाचार कभर गर्न गएका पत्रकारहरुलाई त्रिभूवन विमानस्थलमा प्रहरीले रोकेको छ ।

विशिष्ट अतिथि आउँदा अरुबेला जान दिने ठाउँमा यो पटक पत्रकारहरुलाई जान दिइएको छैन । विमानस्थलको मुल गेटबाट भित्र छिरेकालाई पार्किङ्ग क्षेत्रमै प्रहरीले रोकेको छ भने केहीलाई मुल गेटमै रोकेको छ ।

त्रिभूवन विमानस्थलले भने अनुसार आफूहरुले गरेको प्रहरीले बताएका छन् । अरुबेला विशिष्ट अतिथि आउँदा यसरी रोक्ने गरिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *