वीर अस्पतालका डाक्टरले दिए सामूहिक राजीनामा
वीर अस्पतालका १६ जना मेडिकल अधिकृतले सामूहिक राजीनामा दिएका छन्। विभिन्न माग राख्दै आन्दोलनको घोषणा गरेका उनीहरूले माग सम्बोधन नभएको भन्दै आजदेखि सामूहिक राजीानामा दिएका हुन्।
आकस्मिक सेवा विभागमा कार्यरत मेडिकल अधिकृतहरूले विभिन्न समस्याको समाधानका माग गर्दै अस्पताल प्रशासनलाई ज्ञापनपत्र बुझाएका थिए। आफूहरूले अघि सारेका माग सम्बोधन गर्नुको साटो बेवास्ता गरेको भन्दै उनीहरूले आजदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।