बिना कुनै ठोस सहमति सकियो ‌ओली दाहाल वार्ता

विवाद चर्की रहेरको चर्चा चलि रहेको बेला पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री केपी शर्मा ओलीसँग संवाद गर्न बालुवाटार पुगेका थिए ।

ओली पक्षले प्रचण्ड र ओलीबीच पहिले छलफल र समझदारी हुनुपर्ने अनि मात्रै कमिटि बैठक डाकिनु पर्ने अडान लिएको छ भने प्रचण्ड पक्षले अब प्रचण्ड र ओलीबीचको छलफलको कुनै अर्थ नरहेकाले सिधै सचिवालय बैठक डाक्नु पर्ने अडान लिएको छ।

यसअघि प्रचण्ड आफ्नो समूहका माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतसँग निरन्तर छलफलमा थिए भने ओली पनि आफ्नो पक्षसँगको छलफलमा व्यस्त थिए।

राजदूत नियुक्ति, मन्त्रिमण्डल पुर्नगठन, कर्णाली विवाद, भारतीय जासुुसी प्रमुखको नेपाल भ्रमणलगायत कारणले ओली र प्रचण्डबीच विवाद चुलिएका बेला उनीहरुबीच उनीहरुबीच संवाद भएको हो । दुई नेताबीचको संवादले कुनै ठोस निर्णय भने हुन सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *