४.४७ अंकले ओरालो लाग्यो नेप्से परिसूचक

सेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार ४.४७ अंकले ओरालो लागेर १ हजार ६ सय ३६ दशमलव १७ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्प्नीहरुको कारोबार मापक गर्ने सेन्सेटिभ इन्डेक्स पनि ओरालो लागेको छ । सेन्सेटिभ इन्डेक्स २ दशमलव १४ अंकले घटेर ३२४ दशमलव ३६ अंकमा झरेको छ । नेप्से परिसूचक घटे पनि कारोबार रकममा भने उल्लास देखिएको छ ।

बुधबार १ अर्ब ७५ करोड रुपैयाँको मात्रै कारोबार भएकोमा बिहीबार करिब ३ अर्ब रुपैयाँको कारोबार भएको छ । दिनभर भएका ३५ हजार ३ सय ३५ कारोबारबाट २ सय कम्पनीका ९१ लाख २३ हजार ८ सय ९६ कित्ता सेयर किनबेच भएका छन् ।

जसअनुसार कारोबार रकम २ अर्ब ८४ करोड २४ लाख ६९ हजार १ सय ७७ रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *