शुक्रबारको व्रत र पूजा विधि

हिन्दु धर्ममा, हप्ताको हरेक बारलाई देवी-देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दु धर्मावलम्बीहरूले हप्ताको कुनै एक वा दुई दिन सोहि बार अनुसारको देवताको पूजा गरि व्रत बस्ने गर्दछन् ।

शुक्रबारको दिन हिन्दु धर्मावलम्बीहरूले महालक्ष्मी देवीको पूजा गर्ने गर्दछन्। साथै यस दिनमा लक्ष्मी माताका अवतार- सन्तोषी माँ, अन्नपूर्णेश्वरी माता र दुर्गा भवानीको पनि पूजा गरिन्छ। शुक्रबारको दिनमा विशेष गरी मिष्ठान्न भोजनको व्यञ्जन गरिन्छ र व्रतालुहरूलाई मिठाईका परिकारहरू पनि बाँडिन्छ।

यी विधिहरू मध्ये यहाँ सन्तोषी माताको पूजाको बारेमा चर्चा गरिएको छ ।  शुक्रबारको दिन माता सन्तोषी माताको पूजापाठ गरी विधिवत रूपमा व्रत बस्ने चलन रहिआएको छ । खास गरेर महिलाहरू सन्तोषी माताको ब्रत बस्छन् ।

माताको व्रतले भौतिक सुख प्राप्तिको तथा मनोकांक्षा पूरा हुनेछ । लागि बस्ने गरिन्छ । सन्तोषी माता भगवान गणेशकी पुत्री हुन् । सन्तोषी माताको पूजापाठ व्रत बस्दा शोक, चिन्ता, आपतविपत आइपर्दैन र धन–सम्पत्ती प्राप्त हुन्छ भन्ने धार्मिक मान्यता रहिआएको छ ।

सुख-सौभाग्यको कामना गर्दैं लगातार २१ शुक्रबार सन्तोषी माताको ब्रत बस्ने गरिन्छ । सन्तोषी माता लक्ष्मीको अवतार हुन् ।

सन्तोषी माताको ब्रतको लागी बिहान सुर्योदय अगाडी नै उठेर घर सरसफाई गर्दै,घरमा गंगाजल छर्केर शुद्ध पार्नपर्छ । पूजाको लागी आवश्यक सामग्रीहरुमा एक कलश,पानको पात,फुल,आरतीको लागी कपूर,अगरबत्ती, केरा, सन्तोषी माताको फोटो या मुर्ति, ब्रत कथा पुस्तक।

शुक्रबार बिहान स्नान गरेर मन्दिर या घरमै पूजा गर्न सकिन्छ । पूजाको लागी फुलले सजाएको कलश,प्रसाद हुनु आवश्यक छ भने घिउको दियो बाल्नुपर्छ। पूजा गरिसकेपछि माताको कथा आरम्भ गर्ने,र भजन गाउने।

नियमित रुपले सोर्ह शुक्रबार सम्म ब्रत बसिसकेपछि अन्तिम शुक्रबार विधिबिधान अनुसार देवी सन्तोषीको पूजा गर्ने र पुरी र केराको प्रसाद दान गर्ने। साथैं आठ कन्याहरुलाई खिरको प्रसाद खुवाउने ।

सन्तोषी माताको ब्रत बस्दा ध्यान दिनपर्ने सबैभन्दा मुख्य कुरा ब्रतको दिन अमिलो छुन र खानु हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *