भाइमसलाको बिक्री गत वर्षको तुलनामा ५० प्रतिशतले कमी !

 

चाड तिहारको पाँचौँ दिनमा पर्ने भाइटीकामा हिन्दु परम्पराअनुसार भाइमसला अनिवार्य हुन्छ । भाइमसलामा काजु, किसमिस, ओखर, नरिवल, बदाम, पेस्ता, अञ्जिर, मखना, छोकडा, ल्वाङ सुकुमेल लगायत पर्छन् ।

तिहारमा प्रयोग हुने भाइमसलाको मूल्य यो वर्ष २० प्रतिशतले कम भएको छ । भाइमसलाको मूल्य घटेपनि कोभिड—१९ को जोखिमका कारण व्यापार भने आधा भन्दा बढीले घटेको छ ।

यी मसलाहरुको गुणस्तर अनुसार फरक भए पनि विगत वर्षहरु भन्दा कम रहेको असन क्षेत्रमा व्यापार गर्दै आएका व्यापारी राजु मानन्धरले बताए। मूल्य कम भए पनि ग्राहक न्यून संख्यामा मात्रै आउने गरेको उनले बताए।

बजारमा पसलहरु अनुसार मूल्य भने फरक छ । होलसेल पसलबाट खुद्रा व्यापारीहरुलाई समान प्रकारले छुट सुविधा भएपनि खुद्रा पसलहरूमा मूल्य फरक पाइएको हो ।

सामानको गुणस्तर अनुसार मूल्य फरक भएको व्यवसायीहरु बताउँछन् । दैनिक उपभोग्य वस्तुको मूल्य बढेपनि भाइमसलाको मूल्य कम भएको अर्का व्यापारी रतन तुलाधरले बताए। उनले विगतको तुलनामा आधाभन्दा कम मात्रै ग्राहकहरू किनमेलका लागि आउने गरेको  जिकिर गरे।

यो वर्ष बजारमा काजु प्रतिकेजी १ सय रुपैयाँदेखि २ सय रुपैयाँसम्मले घटेको छ । किसमिस सय रुपैयाँसम्म, पेस्ता, नरिवल ५० रुपैयाँले घटेको छ । यसैगरी छोकडा प्रतिकेजी २० रुपैयाँ र सुकुमेल केजीमा ५ सय रुपैयाँसम्मले घटेको खुद्रा व्यापार संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *