रौतहटमा आजदेखि २५ दिनसम्म निषेधाज्ञा जारी
रौतहट जिल्लामा आज रातिदेखि लागु हुने गरि २५ दिन सम्म निषेधाज्ञा जारी गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक सुचना जारी गरि शुक्रबार २१ गते राति १२ बजेदेखि अगामी मँसिर १७ गते सम्म जिल्ला भरिमा निषेधाज्ञा जारी गरिएको जनाएको छ।
कोरोना संक्रमण फैलिन सक्ने कुरालाई ध्यानमा राख्दै दिपावली तथा चाडबाडको बेलामा हुन सक्ने भिडभाड नियन्त्रण गर्नको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
जिल्ला प्रशासनले जारी गरेको सुचनामा जिल्लाका सबै स्थानीय तह,राजिनितीक क्षेत्र,उधोग ब्यापार,समाजिक सँघ सँस्था,आम नागरिक तथा सरोकार वालालाई निषेधाज्ञाको शर्त पालना गराउनमा क्रियाशिल हुन आग्रह गरेको हो।
प्रशासनले जिल्लामा चाडबाड तथा बागमति नदिमा लाग्ने मेलामा भिडभाड नगरि घरमै मनाउनसमेत अनुरोध गरेको छ। निषेधाज्ञाको समयमा सार्बजनिक खेलकुद,नाच,तमासा,मेला,वा भिडभाड हुने कार्यक्रमको आयोजनामा रोक लगाइएको छ।
जात्रा महोत्सव सभा सम्मेलन जुलुस प्रदर्शन गर्नमा समेत निषेधाज्ञा अवधि भरि प्रतिबन्ध लगाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनामा उल्लेख छ ।सिनेमा हल,मनोरञ्जन स्थल,सैलुन,ब्युटि पार्लर,जिमखाना,स्विमिङ पुल ईत्यादि सञ्चालनमा समेत रोक लगाइएको छ।
यसैगरि निषेधाज्ञा अवधि भरि बढी भिडभाड हुने उधोग कल कारखाना,ब्यावसाय,निर्माण ईतयादि कार्य गर्नमा समेत स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ।
मठ मन्दिर गुम्बा,चर्च लगायत धार्मिक साँस्कृतिक तथा समाजिक कार्यको लागि हुने जमघटलाई समेत प्रशासनले नषेध गरेको जनाएको छ।