प्रधानमन्त्रीको चाहाना नयाँ पुस्तालाई नेतृत्व
काठमाडौँ- प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अब नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताएका छन्।
शनिबार बेलुकी एपीवान टेलिभजनमा अन्तर्वार्ता दिँदै प्रधानमन्त्री ओलीले पटकपटक प्रधानमन्त्री भइसकेका र नेतृत्व हाँकिसकेका नेताहरुले फेरि नेतृत्वको लडाइँमा आएको भन्दै आश्चर्य पनि प्रकट गरेका छन्।
‘३२–३३ वर्ष अध्यक्ष भइसकेका साथीहरुको फेरि पनि धित नमरेको देख्दा, रहर फर्किफर्की पलाएको देख्दा, प्रधानमन्त्री भइसकेका साथीहरुलाई फेरिफेरि आफैंलाई चाहिएको देख्दा अचम्म लाग्छ’, प्रधानमन्त्री ओलीले अन्तर्वार्ताका क्रममा भने भने, ‘कमसेकम हामी नयाँ पुस्तालाई जिम्मेवारी दिनसक्छौँ। नयाँ भनेको किशोर होइन। नयाँ पुस्ता भनेको ६० वर्ष हाराहारीको छ। हामी किन तिनलाई नेतृत्व दिन तयार हुँदैनौँ
उनले सहमति गरेर नयाँ पुस्तालाई नेतृत्व जिम्मा लगाउनुपर्ने बताएका हुन्।
आफूले कुनै गुट नचलाएको तर अरु नेताहरुले गुट चलाउँदा आफू आश्चर्यचकित भएको ओलीले बताएका छन्।