उपसचिवका नतिजा तिहार अघि नै

गत वर्ष लिइएको उपसचिवका नतिजा तिहार अघि नै आउने भएको छ ।

लोक सेवा आयोग स्रोतका अनुसार अप्राविधिकतर्फको लिखित नतिजा तिहार अघि नै प्रकाशित गर्ने तयारीमा आयोग जुटेको छ ।

२०७६ पुस १९ गते देखि सुरु भएको परीक्षाको नतिजा चैत वैशाखसम्म आइसक्नु पर्नेमा विश्वव्यापीकरण फैलिएको कोरोनाका कारण नतिजा प्रकाशनमा ढिलाइ हुन गएको हो । पछिल्लो समय कापी जाँच्न आयोगमै आउनु पर्ने व्यवस्थाका कारण पनि कोरोना त्रासले विज्ञहरू आउन नमानेपछि थप केही ढिलाइ हुन गएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *