नेपालगञ्ज म्याराथनका विजेता ओलम्पिकमा छनौट हुने
आगामी मंसिर ६ गते नेपालगञ्जमा हुने छैठौँ ‘धारा नेपालगञ्ज म्याराथन’का विजेता नेपालको तर्फबाट ओलम्पिकमा छनौट हुने भएका छन्।
कोरोना भाइरसका कारण आठ महिनादेखि देशभर खेलकुद ठप्प भएको बेलामा क्रियटिभ ह्याण्ड्सले नेपालगञ्ज म्याराथनलाई निरन्तरता दिन लागेको हो। सो म्याराथन जित्ने खेलाडि जापानमा सन् २०२१ मा हुने ओलम्पिकमा सहभागी हुन पाउने नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाहले जानकारी दिए।
शाहका अनुसार ‘नेपालगञ्ज म्याराथन’लाई नै नेपालको म्याराथनतर्फको ओलम्पिक छनौटको रुपमा लिइएको छ।