देशभर २४ घण्टामा २८१७ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै १५३३ जना
नेपालमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ११९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ गरी जम्मा १५३३ जना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३५४१९ रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २८१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ५७ हजार ९२६ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११०८ पुगेको छ ।