आजको राशिफल २०७७ कार्तिक २४ (ई.सं. 9 November 2020)

 

Mesh Rashi (मेश राशि ) चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आजको दिन मध्यम छ, चोरबाट भय रहने छ र मनमा वैराग्यको भावना पलाउन सक्छ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुन सक्छ ।

Vrishabha Rashi (वृष राशि ) इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धर्म, कर्म, परोपकार, समाज सेवा जस्ता कार्यमा मन लाग्ने छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ ।

Mithun Rashi (मिथुन राशि ) का, कि, कु, घ, ङ, छ, के, को, ह

ताके अनुरूप काम नबन्नाले दिक्क लाग्ने छ । प्रेमी र प्रेमिकाका बीच खिन्नता बढ्ने छ । सरकारी निकाएको भय रहला । कार्मक्षेत्र पनि संघर्षशील नै रहने छ ।

Karkat Rashi (कर्कट राशि ) हि, हु, हे, हो, डा, डि, डु, डे, डो 

सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने छ । श्रमको उचित मूल्याङ्कन हुनेछ । वाणिज्य क्षेत्रबाट विशेष लाभ रहने छ । रमाइलो यात्रा पनि हुनेछ ।

Simha Rashi (स‌िंह राशि ) मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दबाब र तनाव बढेको महसुस हुनेछ । कार्य सम्पादनमा समस्या आउँला । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । वैदेशिक क्षेत्र कमजोर रहने छ ।
Kanya Rashi (कन्या राशि ) टो, प, पि, पु, ष, ण, ठ, पे, पो
राजनैतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिने छ । वाहन लाभको योग छ ।
Tula Rashi (तुला राशि ) र, रि, रु, रे, रो, ता, ति, तु, ते
धार्मिक र सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ । नोकरी गर्नेले मान सम्मान पाउने छन् । लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिदैन ।
Vrishchika Rashi (वृश्चिक राशि ) तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज कला र गलाको प्रभाव बढ्ने छ । न्यायिक कार्यमा सफलता मिल्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । पुरानो रोकिएको धन हाता पनि पर्न सक्छ ।
Dhanu Rashi (धनु राशि ) ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । चिताएको कामले तीव्रता लिनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।
Makar Rashi ( मकर राशि ) भो, ज, जि, खि, खु, खे, खो, गा, गि
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्ने छ । आफन्तहरुको सहयोगले कार्यहरु अगाडि बढ्ने छन् । लामो समयदेखि रोकिएका अधुरा कामहरु पूरा हुनेछन् ।
Kumbha Rashi (कुम्भ राशि ) गु, गे, गो, सा, सि, सु, से, सो, द
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेममा बाधाका साथै बन्न लागेको काम विग्रने छ । व्यवसायमा मन्दी आउने छ ।
Min Rashi (मीन राशि ) दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । रोकिएका काम पुनः शुरु हुन सक्छन् । शुभकार्यको चर्चा चल्ने छ । रमाइलो यात्राको योग पनि रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *