दाङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु

दाङ: ट्करकले मोटरसाइकललाई ठक्कर दिँदा देउखुरीमा तीन जनाको मृत्यु भएको छ ।

राप्ती गाउँपालिका– ४ मौरीघाटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा ५ प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृतक तीनै जनाको पहिचान खुलि सकेको छ। मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ५ कालापानी निवासी १६ वर्षीय मनोज गाहा, वडा नम्बर २ लालमटिया निवासी १८ वर्षीय कसम पुन र वडा नम्बर ८ पिपरी निवासी १७ वर्षीय दिनेश घर्ती रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ । शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । मृतक ३ जनाको टाउकोमा गम्भीर चोट देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *