नेकपाको सचिवालय बैठक शुक्ररबार
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक भोलि (शुक्रबार) बस्ने भएको छ।
पार्टीका दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले शुक्रबार अपरान्ह चार बजेका लागि सचिवालय बैठक डाकेका हुन्।
यसअघि पार्टीको प्रचण्ड–नेपाल समूहका बहुमत (पाँचजना) सचिवालय सदस्यहरुले बैठक माग गर्दै प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई लिखित पत्र बुझाएका थिए।
कार्यकारी अध्यक्ष प्रचण्डको नेतृत्वमा बालुवाटार पुगेका नेताहरुले ओलीलाई लिखित पत्र बुझाएका हुन्।
प्रचण्ड–नेपाल समूहले आज (बिहीबार) बैठक राख्नका लागि सहमति दिन ओलीलाई आग्रह गरेको थियो।
तर महासचिव पौडेलले दुवै अध्यक्षसँगको परामर्शका आधारमा एक दिन ढिलो शुक्रबारका लागि बैठक डाकेका हुन्।
लामो विवादपछि नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली अन्ततः शुक्रबार चार बजे पार्टीको केन्द्रीय सचिवालयको बैठक बोलाउन सहमत भएका हुन्।
प्रधानमन्त्री ओली बैठक बोलाउन सहमत भएपछि महासचिव विष्णु पौडेलले सचिवालयका सदस्यहरुलाई यसबारे जानकारी गराएका हुन्।