शेयर बजारमा हालसम्मकै उच्च कारोबार

शेयर कारोबारले ऐतिहासिक रेकर्ड कायम गर्दा नेप्सेमा १०.८२  अंकले बढेको छ  । आज शेयर कारोबार रकममा ऐतिहासिक रेकर्ड बनाएको छ । आज ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५ सय ५१ रुपैया बराबरको कारोबार भएको छ ।

यस अघि फागुन १८ गते आइतबार हालसम्मकै उच्च कारोबार भएको थियो ।

 

कारोबारले ऐतिहासिक रेकर्ड कायम गर्दा  नेपाल रि इन्सुरेन्स, नेपाल टेलिकम, प्रभु बै‌क,  हिमालय डिष्टिलरी , नेपाल लाइफ इन्सुरेन्स लगायतको उच्च कारोबार भएको छ । नेपाल रि इन्सुरेन्स, नेपाल टेलिकम २६ करोड बढीको कारोबार भएको छ । यसदिन ५ कम्पनीको मात्रै एक अर्ब बढीको शेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *