देशभर १९४६ कोरोना संक्रमित थपिए, उपत्यकामा मात्रै ८३५ जना

 

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो संख्यासहित नेपालमा हालसम्म कुल कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज देशभर २ हजार ५०३ जना संक्रमणमुक्त भएका छन्। योसँगै हालसम्म १ लाख ७० हजार ६ सय ३२ जना निको भएका छन्।

आज देशभर ३६ हजार ४५२ सय जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा १३ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार २ सय १५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ८ हजार ७५३ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ६४२, भक्तपुरमा ८८ र ललितपुरमा १०५ जना गरि ८ सय ३५ जना संक्रमित थपिएका हुन् ।

मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ११ हजार ३ सय ९३ जना, भक्तपुरमा १ हजार १४ र ललितपुरमा १९ सय ३१ जना होम आइसोलेशनमा रहेका छन् ।

यस्तै काठमाडौंमा सक्रिय कोरोना संक्रमितको संख्या १५ हजार ९ सय ३७,भक्तपुरमा १३ सय ६ र ललितपुरमा २३ सय ४६ जना छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *