म्युजिक भिडियो ‘माया लाउँ कि नलाउँ भो’ सार्वजनिक
युवा व्यवसायी तथा गीतकार चुडामणि पौडेलले आफ्नो बिल्कुलै नयाँ गीत ‘माया लाउँ कि नलाउँ भो’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
प्रेमिल शैलीको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईंको युगल गायन सुन्न सकिन्छ। गीतका शब्द चुडामणि पौडेल र टीका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन् । रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।
म्युजिक भिडियोमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको अनस्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ। साथमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको समेत भिडियोमा अभिनय रहेको छ। भिडियोलाई आइपी आचार्यले कोरियोग्राफी गरेका हुन्। भिडियोमा उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो । गायिका टीका प्रसाईंको अफिसिएल युट्युव च्यानलमार्फत भिडियो सार्वजनिक भएको हो ।