ओली पक्ष सहभागी नभए पनि नेकपा सचिवालय बैठक नरोकिने

सत्तारुढ नेकपाको प्रचण्ड–नेपाल समूहले भोलि (बुधबार) बोलाइएको सचिवालय बैठक नरोकिने स्पष्ट पारेको छ।

प्रधानमन्त्री ओलीसहित उनी पक्षका नेताहरु सहभागी नभए पनि बैठक नरोकिने वरिष्ठ नेता झलनाथ खनाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले  बताएको बुझिएको छ ।

प्रचण्डले शुक्रबार पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठक बस्न नसक्ने चेतावनी ओली समूहले दिइरहेको छ । भोलिका लागि तोकिएको बैठक रोक्न ओली समूहका नेताहरु सक्रिय छन् ।

महासचिव विष्णु पौडेलले मंगलबार प्रचण्डलाई भेटेर बैठक स्थगितका लागि सहमति दिन प्रस्ताव  गर्नुको साथै बैठक नरोकिए पार्टी एकता धरापमा पर्ने  कुरा पनि प्रचण्ड लाई सुनाएको  बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *