धादिङमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु

त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका-७ खानीखोलामा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा धुनिबेँसी नगरपालिका-७ का आठ वर्षीय रीतेश तामाङ रहेको इलाका प्रहरी कार्यालय धुनिबेँसीकी प्रमुख प्रहरी निरीक्षक रुपा थापाले जानकारी दिइन्।

काठमाडौंबाट नारायणघाटतर्फ जाँदै गरेको ना ६ ख ४९४७ नंको ट्रकले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उनले बताइन्।

रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *