प्रतितोला रु ७०० ले घट्यो सुनको मुल्य

सुनको मूल्यमा आज गिरावट आएको छ। कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ। सोही कारण आज स्थानीय बजारमा समेत सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ। बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो। बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु ७०० ले घटेको हो।

त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको छ। बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो। यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको छ। बुधबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोवार भएको थियो। बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *