दक्षिण एसियामा एक करोड भन्दा बढी कोरोना संक्रमित

क्षिण एसियाका आठ राष्ट्रमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक करोड नाघेको छ।

 

दक्षिण एसीयाली राष्ट्र नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान, माल्दिभ्स, श्रीलंका, भुटान र बंगलादेशमा आज दिउँसोसम्म कोरोना संक्रमितको संख्या एक करोड ५५ हजार ३९८ पुगेको छ। विश्वमा रहेका कूल संक्रमितमध्ये १७.७५ प्रतिशत दक्षिण एसियामा रहेका छन्।

दक्षिण एसियामा हालसम्म कोरोनाका कारण एक लाख ४८ हजार २१५ जनाको मृत्यु भइसकेको छ।

भारतमा हालसम्म ८९ लाख ६० हजार ९८ जनामा कोरोना संक्रमण देखिएको छ। यीमध्ये ८३ लाख ८३ हजार ६०२ जना निको भइसकेका छन् भने एक लाख ३१ हजार ६३९ जनाको मृत्यु भएको छ।

नेपालमा हालसम्म दुई लाख १२ हजार ९१७ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। नेपालमा रहेका संक्रमितमध्ये एक हजार २५९ जनाको मृत्यु भएको छ। नेपालमा हालसम्म एक लाख ८२ हजार ७८० जना संक्रमित निको भइसकेका छन्।

बंगलादेशमा कोरोना संक्रमितको संख्या चार लाख ४१ हजार १५९ पुगेको छ। यीमध्ये तीन लाख ५६ हजार ७२२ जना निको भइसकेका छन् भने ६ हजार ३०५ जनाको मृत्यु भएको छ।

पाकिस्तानमा कोरोना संक्रमित तीन लाख ६५ हजार ९२७ रहेका छन्। पाकिस्तानमा रहेका संक्रमितमध्ये तीन लाख २६ हजार ६७४ जना निको भइसकेका छन् भने सात हजार २४८ जनाको मृत्यु भएको छ।

दक्षिण एसियामा सबैभन्दा कम कोरोना संक्रमित भुटानमा रहेका छन्। भुटानमा हालसम्म कोरोना काकारण एक जनाको पनि ज्यान गएको छैन। हाल भुटानमा कोरोना संक्रमितको संख्या ३७८ पुगेको छ।

अफगानिस्तानमा ४४ हजार १३३ जना कोरोना संक्रमित रहेकोमा ३५ हजार ३३९ जना निको भइसकेका छन्। अफगानिस्तानमा हालसम्म कोरोनाका कारण एक हजार ६५० जनाको मृत्यु भएको छ। माल्दिभ्समा १२ हजार ३८४ जना कोरोना संक्रमित रहेका छन्। तीमध्ये ११ हजार ४०६ जना निको भइसकेका छन् भने ४५ जनाको मृत्यु भएको छ। श्रीलंकामा कोरोना संक्रमितको संख्या १८ हजार ४०२ पुगेको छ।

श्रीलंकामा रहेका संक्रमितमध्ये १२ हजार ५८७ जना निको भइसकेका छन् भने ६९ जनाको मृत्यु भएको छ। दक्षिण एसियामा सबैभन्दा कम कोरोना संक्रमित भुटानमा रहेका छन्। भुटानमा हालसम्म कोरोना काकारण एक जनाको पनि ज्यान गएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *