विश्वमा संक्रमितको संख्या ५ करोड ७२ लाख नाघ्यो, गत २४ घण्टामा ६ लाख २९ हजारबढी संक्रमित थपिए,

हालसम्म विश्वमा ५ करोड ७२ लाख ६ हजार ६ सय ८५ जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७८ हजार ७६६ जना रहेका छन्। सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण एक हजार ९५० जनाले ज्यान गुमाएका छन्।

भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार १८२ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ५८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र इटलीमा ३६ हजार १७६, ब्राजिलमा ३४ हजार ३६४, बेलायतमा २२ हजार ९१५, जर्मनीमा २३ हजार ६७६, रसियामा २३ हजार ६१०, फ्रान्समा २१ हजार १५०, कोलम्बियामा सात हजार ४८७ तथा इरानमा १३ हजार २२३ जना नयाँ संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *