देशभर २४ घण्टामा थपिए १९४५ कोरोना संक्रमित, उपत्यकामा मात्रै ११०७ जना

नेपालमा पछिल्लो २४ घण्टामा थप १९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। मन्त्रालयका अनुसार काठमाडौंमा ८६३, ललितपुरमा १७४ र भक्तपुरमा ७१ जनालाई कोरोना संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा थप ५३६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ९१ हजार २ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२९८ पुगेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *