पर्यटन व्यवसायी देवेन्द्र नेपालकाे नयाँ गीत `मेराे चित्लाङ´ युटुबमा सार्वजनिक

चित्लाङ्गका युवा पर्यटन व्यवसायी देवेन्द्र नेपालकाे नयाँ गीत `मेराे चित्लाङ´ युटुबमा सार्वजनिक भएकाे छ । गीतकाे शब्द, स्वर र निर्देश नेपालकै रहेकाे छ ।

काठमाडौं नजिकैकाे पर्यटन गन्तव्य चित्लाङकाे चिनारीकाे रूपमा गीत रहेकाे छ । चित्लाङकाे धार्मिक, साँस्कृतिक पक्षमा समेत गीत समेटिएको छ । त्यस्तै गाउँमै बसेर केही गराैं भन्ने भाव समेत गीतले दिएकाे छ । गीतमा मान्डवी त्रिपाठीले नेपाललाई साथ दिएका छन् । गीतमा देवेन्द्र नेपाल, मुना बस्नेत, प्रकृति नेपाल, काजी श्रेष्ठ लगायतकाे अभिनय रहेकाे छ ।

विगत १ दशकभन्दा बढी पर्यटन व्यवसायमा आबद्ध नेपाल गीत, संगीत क्षेत्रमा पनि कृयाशिल रहेका छन् । नेपाल चित्लाङकाे पर्यटन प्रवर्द्धन कृयाशिल छ । उनले फादर अफ चित्लाङकाे उपमा समेत पाईसकेमा छन् ।

उनका करिब एक दर्जन गीत बजारमा सार्वजनिक भैसकेका छन् । केही साता अघि मात्र नेपालकै निर्देशनमा `परदेशी आयो, काेशेली ल्यायाे´ बाेलकाे गीतकाे निर्देशन गरेका थिए । उक्त गीतमा अभिनेत विपिन कार्कीको अभिनय रहेकाे छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *