नेपालको शेयर बजारमा ६ अर्ब ९० करोड बढीको कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंसिर ७ गते आइतबार हालसम्मकै उच्च रकमको शेयर खरीद बिक्री भएको छ । नेप्से सूचक ४.६९ अंकले वृद्धि भएर १७८२.१८ अंकमा पुगेको छ । शेयर बजारमा एकैदिन ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३१५ रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबार रकमको आधारमा यो हालसम्मकै उच्च हो । यस अघि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंसिर ४ गते बिहीबार हालसम्मकै उच्च रकमको शेयर खरीद बिक्री भएको थियो । नेप्से सूचक ३६.३२ अंकले वृद्धि भएको शेयर बजार एकैदिन ६ अर्ब ११ करोड ६७ लाख ३० हजार ७१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्से सूचकले पछिल्लो उच्च बिन्दु कायम गरेको दिन २०७३ साउन १२ गते बुधबार सूचक १ हजार ८८१ दशमलव ४५ बिन्दुमा रहेको थियो । उक्त दिन २ अर्ब २६ करोडको शेयर कारोबार हुँदा बजार पूँजीकरण २० खर्ब ७० अर्ब रहेको थियो ।

आज २ सय १ कम्पनीका  १ करोड ५९ लाख ५० हजार ४५५ कित्ता शेयर ६३ हजार २४७ पटक खरीद बिक्री भएका हुन् । कारोबारमा आएका १२ उपसमूहका सूचकमध्ये ३ वटा (बै‌क,  विकास बैैंक र अन्य) सूचकमा मात्र हरियाली छाएको छ । 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *