२४ घण्टामा उपत्यकाका १ हजार ७ सहित १९ सय ८० जनामा संक्रमण,१६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७७९, भक्तपुरमा ८५ र ललितपुरमा १४३ जनामा कोरोना संक्रमण देखिएको हो। संक्रमित हुनेमा ४५४ महिला र ५५३ पुरुष छन्।

यस्तै पालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। पछिल्लो २४ घण्टामा उपत्यकाका १ हजार ७ सहित १९ सय ८० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

१८ हजार ८८४ कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा १८ हजार ८८४  जना छन् भने ६२९ जना क्वारेन्टाइनमा  रहेका छन्।  सोमबार ३ हजार ४३  जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख २ हजार ६७ पुगेको छ।

नेपालमा कोरोनाबाट १३ सय ३७ जनाको मृत्यु भएको छ। सोमबार मात्रै १६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *