आधिकारिक ट्रेड युनियनको निर्वाचन स्थगित गर्ने मन्त्रिपरिषद्को निर्णय

सरकारले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले यही मङ्सिर २७ गते हुने भनिएको निर्वाचन तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको हो।

त्यसअघि सरकारले गत असोज २४ गते हुने तय गरे तापनि कोभिड सङ्क्रमणको जोखिमका कारण मङ्सिरलाई सारिएको थियो। ट्रेड युनियनको निर्वाचन त्यसअघि गत जेठ १९ गते हुनुपर्ने थियो। कोरोना भाइरसको जोखिमका कारण निर्वाचन स्थगन हुँदै आएको छ।

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्कालका लागि स्थगन भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पार्वत गुरुङले निर्वाचनको  अर्को मिति नतोकिएसम्मका लागि निर्वाचन स्थगन भएको  जानकारी दिएका छन् । निर्वाचन आचार संहिताका कारण अधिकृत लगायत कर्मचारीको सरुवा रोकिएको थियो । असोज मसान्तसम्म सकि सक्नु पर्ने सरुवा अहिलेसम्म हुन सकेको थिएन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *