हिन्दु राष्ट्र कायम गर्न माग गर्दै जनकपुर र पोखरामा र्‍याली

नेपाललाई हिन्दु राष्ट्र कायम गर्न माग गर्दै जनकपुरधाममा आज मोटरसाईकल र्‍याली निकालिएको छ ।
सनातन हिन्दू धर्मको रक्षा र हिन्दू राष्ट्रको माग गर्दै दबावमूलक कार्यक्रमहरु गर्दै आएको नेपाल राष्ट्रवादी समूहले र्‍याली आयोजना गरेको हो । र्‍यालीमा विभिन्न संघसंस्था तथा स्वतन्त्र नागरिकहरुको सहभागिता थियो ।

‘हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ’ , ४७ सालको संविधान लागू गर लगायतका नारा लगाउँदै प्रदर्शनकारीले जनकपुरधामको रेल्वे स्टेशनवाट नगरको विभिन्न भागको परिक्रमा गरेका थिए । नेकपामा आन्तिरक कलह चलिरहेकै वेला देशका विभिन्न शहरहरुमा राजावादीहरुको शक्ति प्रदर्शनलाई चासोका साथ हेरिएको छ ।

त्यस्तै आज पोखरामा पनि राजावादीहरुको प्रदर्शन भएको छ ।


धर्म रक्षा, राष्ट्र रक्षा, हिन्दु राष्ट्र पुन स्र्थापना लगाएतको माग गर्दै राजावादीहरुले पोखरामा प्रर्दशन गरेका छन् । नेपाली जनता जागौ, राजा ल्याऔं देश र धर्मको रक्षा गरौं भन्ने नाराका साथ पोखराको अमरसिंहचोकबाट शुरु भएको मोटरसाईकल र कार र्‍यालीले पोखरा बजार परिक्रमा गरी मानव अधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

र्‍यालीका कारण पोखराको ट्राफिक ब्यवस्था दिनभर अस्तब्यस्त भएको थियो ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *