अर्जेन्टिनाका लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको निधन भएको छ । कार्डिक अरेस्टका कारण उनको ६० वर्षको उमेरमा निधन भएको हो ।

घरमै रहेका बेला उनलाई हृदयघात भएको हो । दुई हप्ता पहिले ब्लड कल्ट बनेपछि उनको मस्तिष्कको शल्यक्रिया भएको थियो ।

म्याराडोनालाई विश्वका सर्वकालिन सर्वोत्कृष्ट फुटबलरका रुपमा लिइन्छ । बिस्तारित खेल जीवनमा उनले सन् १९८६ मा अर्जेन्टिनालाई विश्वकप फुटबलको उपाधि दिलाएका थिए ।