विश्वमा कोरोनाका कारण १४ लाख भन्दा बढीकाे मृत्यु, संक्रमित ६ करोड बढी

विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड पार भएको छ। ती मध्ये १४ लाख २६ हजार भन्दा बढीको मृत्यु भइसकेको छ। पछिल्ला दिनको कोरोना तीव्र गतिमा फैलिइरहेको छ। सेप्टेम्बरसम्म विश्वभर दैनिक ३ लाखसम्म संक्रमित भेटिने गरेका थिए, तर अहिले दैनिक ६ लाखभन्दा धेरै संक्रमित थपिने गरेका छन्।

अमेरिका, ब्राजील, फ्रान्स तथा रुससहित ५४ देशमा कोरोनाको दोस्रो लहर सुरु भएको छ। त्यसको सबैभन्दा धेरै अमेरिका, युरोप र एशियाली मुलुकमा परेको छ। भारतमा पनि दोस्रो लहरको असर सुरु भएको छ। विगत तीन दिनमा भारतमा निको हुने संक्रमितको संख्या बढेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *