नेपाली काँग्रेसका सभापति र काँग्रेसका अन्य नेतासँगभारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाको भेटवार्ता

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग भारतीय विदेश सचिव हर्षबर्धन श्रृङ्गलाले शिष्टाचार भेटवार्ता गरेका छन ।

सभापति देउवा निवास बुढानिलकण्ठमा आज साँझ भएको भेटवार्तामा उनीहरुबीच नेपाल–भारत बहुआयामिक सम्बन्धबारे छलफल भएको हो ।

भेटमा सभापति देउवाले काँग्रेसले सदैव नेपाल–भारतबीचको सम्बन्धलाई उच्च महत्व दिएको उल्लेख गर्दै नेपालको प्रजातन्त्रको संस्थागत विकासमा सदैव भारतको नैतिक समर्थन रहँदै आएको बताएका थिए ।

सभापति देउवाले दुवै मुलुकबीच सम्झौता भएका परियोजनाको शीघ्र र प्रभावकारी कार्यान्वयन हुँदा त्यसले राम्रो सन्देश जाने र दुवै देशको हित हुने विषयमा समेत जोड दिएको भट्टराईले बताए ।

भेटमा दुवै मुलुकबीच उच्च राजनीतिक सम्पर्क र सम्बन्ध निरन्तर रहिरहनुपर्ने, दुवै देशबीच बाँकी रहेका मुद्दाहरु समाधान गरेर जाँदा सम्बन्ध थप सुदृढ हुनेलगायत विषयमा पनि विचार विमर्श भएको थियो ।

परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालको मैत्रीपूर्ण निमन्त्रणामा सचिव श्रृङ्गला दुई दिवसीय भ्रमणका लािग आजै काठमाडौँ आएका हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *