प्रधानमन्त्री र भारतीय विदेशसचिवबीच भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाले शिष्टाचार भेट गरेका छन्  । बिहीबार नेपालमा आएका उनले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

बिहीबार काठमाडौं आएदेखि उनी निरन्तर भेटघाटमा छन् । उनले परराष्ट्र सचिवस्तरको बैठकमा सहभागी  हुनुका साथै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीसँग पनि  भेटवार्ता गरेका छन्  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *