राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिवबीच शीतल निवासमा भेटवार्ता

राष्ट्रपति भण्डारी र भारतीय विदेश सचिव हर्षबद्धन श्रृङ्गबीच शीतल निवासमा भेटवार्ता भएको छ ।

राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले वार्तामा राष्ट्रपति  विद्यादेवी भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई आपसमा मिलेर नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेको बताएका छन्

 

आजै दुई मुलुकका परराष्ट्र सचिवस्तरीय प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । लामो समयको संवादहीनतालाई तोड्दै नेपाल भारतबीच परराष्ट्र सचिवस्तरीय द्वीपक्षीय छलफलमा दुई देशबीचको आपसी हितको विषयमा कुरा भयो । दुई देशबीच रहँदै आएको सीमा विवादको विषयमा निष्कर्ष सहितको छलफल नभएको छलफलमा सहभागी एक अधिकारीले बताए ।

 

यसैबीच भारतीय विदेश सचिव श्रृङ्गलाले असल सुरुवात भएको बताएका छन्। ‘हामीले राम्रो प्रगति हासिल गरेका छौं। अझ हामीले यो भन्दा राम्रो प्रगति कसरी हासिल गर्ने भन्ने विषयमा छलफल गर्‍यौं,’ ‘छलफल अत्यन्तै उत्पादक र असल सुरुवात भएको बताए ।

 

दुई देशबीचको छलफलमा ऐजेन्डाहरु ब्यापक भए पनि त्यसमध्ये आर्थिक क्षेत्रको साझेदारी, सांस्कृतिक साझेदारी र पूर्वाधार विकासका क्षेत्रमा छलफल भएको छ । सीमा विवादको समाधानका विषयमा ऐजेन्डा नराखिएको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *