थप १३८० जनामा कोरोना संक्रमण पुष्टि, हालसम्म मृत्यु हुनेको संख्या १४५४

नेपालमा पछिल्लो २४ घण्टामा थप १३८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोनाले ज्यान गुमाउनेको संख्या १४५४ पुगेको छ । हाल कुल कोरोना संक्रमितको संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १८ हजार ८३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ५१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ११ हजार १८६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *