शेयर बजारमा ऐतिहासिक कोरोबार

साताको पहिलाे दिन आइतबार भएकाे कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो ।

आइतबार नेप्से परिसूचक ३.९६ प्रतिशत अर्थात ७५ दशमलव ०२ बढेर १ हजार ९ सय ६८ दशमलव २७ अंक भन्दा माथि परिसूचक पुगेको छ । यो हालसम्मकै उच्च विन्दु हो ।

 

आज भएको कारोबारमा १२ उप समूह मध्ये ४ वटा समूहको शेयर घटेको छ भने  ८ वटा समूहको कारोबार रकम बढेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यसैगरी सेयर कारोबार रकम पनि एकैदिन साढे ९ अर्ब रुपैयाँ नाघेको छ । गत बिहीबारमात्रै ७ अर्ब नाघेर नयाँ रेकर्ड भएको कारोबार रकम आइतबारनै तोडिएको हो ।

दिनभर भएका ८० हजार २ सय ७१ कारोबारबाट २ सय कम्पनीका २ करोड ५९ लाख ४५ हजार ३ सय ८० कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ९ अर्ब २२ करोड ७३ लाख ३८ हजार ३ सय ४८ रुपैयाँ पुगेको छ ।

बजारमा उल्लास देखिए पनि व्यापार तथा होटल समूहका लगानीकर्ताहरुले गुमाएका छन् । बैंक, विकास बैंक, जीवन बिमा लगायतका समूहका लगानीकर्ताहरुले भने कमाएका छन् ।

यस दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि करिब ५ प्रतिशतले बढेको छ ।

आज नेपालको शेयर बजारमा २ करोड ५८ लाख ९१ हजार ३ सय ५८ शेयर खरिद बिक्री भएर ९ अर्ब १९ करोड ९० लाख ८७ हजार ८ सय ६८ सय रुपैया बराबरको करोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *