२४ घण्टामा थपिए १४७४ कोरोना संक्रमित, २९ को मृत्यु, उपत्यकामा थपिए ८०९ जना

नेपालमा पछिल्लो २४ घण्टामा थप १४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३६१ महिला र ४४८ पुरुष गरी ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

योसँगै हालसम्म उपत्यकामा कोरोना स‌क्रमितको संख्या  १ लाख ९ हजार १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ६१५, ललितपुरमा १२५ र भक्तपुरमा ६९ जनाान कोरोना भाइरसको संक्रमण देखिएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा आज काठमाडौंमा १३, ललितपुर २ र भक्तपुरमा १ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १७ हजार ४२३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १९३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख १४ हजार ५२१ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १५०८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *