डोटीमा जिप दुर्घटनाः ४ जनाको मृत्यु

डोटीमा शनिबार राति भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ।

सुदुरपिश्चम प्रदेश  प्रहरीले कायालयका प्रवक्ता वरिष्ठ  प्रहरी उपरीक्षक मुकेश सिहले जानकारी  दिए।  मृतकमध्ये तीन जनाको घटनास्थलमा नै मृत्यु भएको थियो।

घटनामा अन्य ४ जना घाइते छन्।

गएराति  डेढ बजे दिपायलबाट बोग्टानतर्फ जाँदै गरेको म १ च ५५० नम्बरको जिप बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर  ७ मा दुर्घटना भएको  थियो।

दुर्घटनामा ज्यान गुमाउनेमा बैतडी घर भएकी डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ७ को वडासचिव (नासु) २८ वर्षीया मन्जु त्रिपाठी, उनको ३ वर्षे छोरा र सासु आमा (नाम नखुलेको) रहेका छन्।

जिप सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *