२४ घण्टामा थपिए १०९६ जना कोरोना संक्रमित, १७ जनाको निधन

पछिल्लो एक हजार ९६ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा संक्रमितको हुल संख्या दुई लाख ४० हजार ९८१ पुगेको छ । तीमध्ये १३ हजार ५८२ जना सक्रिय संक्रमित रहेका छन आइतबार थपिने संक्रमितको संख्या काठमाडौं उपत्यकामा ४८४ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोभिड १९ संक्रमणबाट १७ जनाको निधन भएको छ । योसँगै नेपालमा एक हजार ५९४ को संक्रमणका कारण ज्यान गइसकेको छ ।

हाल क्वारेन्टिनमा ५३६ जना छन् भने गत २४ घण्टामा एक हजार ७५२ कोरोना निको भएका छन् । अहिलेसम्म कुल दुई लाख २५ हजार ८०५ जना कोरोना मुक्त भइसकेका छन् ।

गत २४ घण्टामा ६ हजार ४९५ पीसीआर परीक्षण भएको छ भने देशमा कुल १७ लाख ८४ हजार ५१९ परीक्षण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *