एनआईसी एशिया बैंकको २० प्रतिशत लाभांश पारित

एनआइसी एशिया बैंकको (NICA) २० प्रतिशत लाभांश पारित भएको छ। मंसिर २१ गते सम्पन्न बैंकको तेइसौँ वार्षिक साधारण सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको हो।

सो सभाले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट १ अर्ब ८४ करोड ६३ लाख रुपैयाँ बाेनस शेयर र कर प्रयोजनार्थ  ९ करोड ७२ लाख रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । १९ प्रतिशत बोनश शेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी ११ अर्ब ५६ करोड ४० लाख ५ हजार ३ सय ६६ रुपैयाँ पुगेको छ ।

बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *