सार्क मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख वढी

सार्क मुलुकमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या डेढ लाख नाघेको छ ।
पछिल्लो तथ्याङ्क अनुसार सार्कका ८ मध्ये ७ मुलुकमा संक्रमणबाट १ लाख ६० हजार ६ सय भन्दा बढीको ज्यान गएको छ । यद्यपी भुटानमा संक्रमणबाट हालसम्म कसैको ज्यान गएको छैन् । दक्षिण एशियाली मुलुकमा १ करोड ९ लाख ७९ हजार भन्दा बढी संक्रमित भएका छन । संक्रमणबाट भारतमा सवैभन्दा धेरै १ लाख ४१ हजार ४ सय जनाको मृत्यु भएको छ भने ९७ लाख ३६ हजार संक्रमित भएका छन् । यसैगरी पाकिस्तानमा ८ हजार ५ सय, बंगलादेशमा ६ हजार ९ सय,अफगानिस्तानमा १ हजार ९ सय, नेपालमा १ हजार ६ सय ३७, श्रीलंकामा १ सय ४२ र माल्दिभ्समा ४७ जनाको ज्यान गएको छ । भारतपछि बंगलादेशमा सवैभन्दा धेरै संक्रमित भएका छन् । बंगलादेशमा अहिलेसम्म ४ लाख ८१ हजार ९ सय ४५,पाकिस्तानमा ४ लाख २६ हजार,नेपालमा २ लाख ४३ हजार, अफगानिस्तानमा ४८ हजार, श्रीलंकामा २९ हजार, माल्दिभ्समा १३ हजार र भुटानमा ४ सय ३३ भन्दा बढी संक्रमित भएका छन् ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *