भारतमा कोरोना भाइरस विरुद्धका केहि खोप अनुमतिको अन्तिम चरणमा

भारतले कोरोनाभाइरस विरुद्धका केहि खोप अनुमति पाउने चरणमा रहेको जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले केहि सातामै खोपले स्वीकृति पाउने र पहिलो चरणमा ३० करोड मानिसलाई खोप दिने योजना रहेको जनाएको छ । शुरुमा तीन समूहलाई प्रार्थमिकतामा राखि खोप दिने कार्यक्रम रहेको जनाइएको छ । जसमा खोपको १ करोड डोज स्वास्थ्यकर्मी, २ करोड डोज अग्रमोर्चामा खटिएका सुरक्षाकर्मी र २७ करोड अन्य ५० वर्ष उमेर माथि, दिर्घरोगी लगायतलाइ दिने योजना सरकारको छ । मन्त्रालयले यो योजना आगामी वर्षको अगष्टसम्म पुरा गर्ने लक्ष्य लिएको छ । स्वास्थ्य अधिकारीका अनुसार तीन खोप कम्पनीले आपतकालिन प्रयोगका लागि अनुमति मागेको जनाएका छन् । अक्सफोर्ड-एक्स्ट्रोजेनेका,फाइजर र भारत बायोटेकको खोप उत्पादन गर्न लाइसेन्स पाएको सीरम इन्स्टिच्यूटले आपतकालिन प्रयोगका लागि स्वीकृति मागेको अधिकारीले बताएका छन् । भारतको सिरम इन्स्टिच्यूट विश्वकै ठुलो खोप उत्पादक कम्पनी समेत हो ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *