बाइडनको पहिलो १०० दिनको कामको लक्ष्य

अमेरिकामा राष्ट्रपतिमा निर्वाचित जो बाइडनले आफ्नो कार्यकालको पहिलो १ सय दिनमा १० करोड मानिसलाई कोरोना भाइरस विरुद्धको खोप दिने लक्ष्य राखेको बताएका छन् ।
कार्यकाल सुरु गरेको केहि महिना भाइरसको प्रकोप अन्त्य नभएपनि संक्रमणको अवस्था परिवर्तन हुने बाइडनको भनाई छ । गत नोभेम्बर ३ तारिखमा सम्पन्न राष्ट्रपति निर्वाचनमा विजयी भएका बाइडेनले आउने जनवरी २० तारिखमा सपथ र पदभार ग्रहण गर्दैछन् । यस अघि बाइडनले आफ्नो कार्यकालको पहिलो १ सय दिन मास्क प्रयोग गर्न अमेरिकी नागरिकलाई आह्वान गरिसकेका छन् । गत मंगलबार अमेरिकी नियामकले फाइजर र बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ । स्वीकृत भएपछि खोप अभियान चाँडै सुरु गर्ने तयारी भइरहेको छ । महामारीबाट सबैभन्दा चपेटामा परेको अमेरिकामा पछिल्लो समय संक्रमण् तिब्र रुपमा बढिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार कोरोना संक्रमणबाट अमेरिकामा २ लाख ९३ हजार भन्दा बढीको मृत्यु भएको छ भने १ करोड ५५ लाख ९१ हजार भन्दा बढी संक्रमित भएका छन् ।।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *