‘सदाचारका साथ पुनरुत्थान’ भन्ने मूल सन्देश नारामै सिमित

संयुक्त राष्ट्रसङ्घको आह्वानमा आज डिसेम्बर ९ का दिन विश्वभर ‘सदाचारका साथ पुनरुत्थान’ भन्ने मूल सन्देशका साथ भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइएको छ ।
राष्ट्रसङ्घको महासभाले भ्रष्टाचार विरुद्ध संयुक्त रूपमा लड्न संयुक्त राष्ट्रसङ्घीय महासन्धि सन् २००३ मा पारित गरेको थियो । सन् २००५ देखि लागू भएको यस महासन्धिलाई नेपालले अनुमोदन पनि गरिसकेको छ । महासन्धि अनुसार नै नेपाललै सम्पत्ति शुद्धीकरण गठन गरेको छ । संसारभरि भ्रष्टाचार विरुद्धको आवाजलाई वुलन्द पार्न भ्रष्टाचार विरुद्धको दिवस मनाईने गरिन्छ । दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश दिदै भ्रष्टाचारी जोकोहीलाई पनि कानुनी दायरामा ल्याउनै पर्ने बताउनु भयो । उच्च राजनीतिक तथा प्रशासनिक पदमा रहेका पदाधिकारीविरुद्ध पनि मुद्दा चलेको बताउँदै ओलीले यसबाट भ्रष्टाचारविरुद्धको शून्य सहनशीलता प्रमाणित हुने उल्लेख पनि गर्नुभयो।
नेपालमा कुनैपनि संस्था या राज्यका विभिन्न अंगमा रहि पदमा रहेका व्यक्तिहरुले आफ्नो अधिकारको दूरुपयोग गरेमा कारवाहि गर्न संवैधानिक निकायका रुपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गठन गरिएको छ । भ्रष्टाचार रोक्न राष्ट्रिय सतर्कता केन्द्रले १४ वर्षदेखि काम गर्दै आएपनि नेपालमा सोचे अनुसार प्रतिफल निस्कन सकेको छैन । भ्रष्टाचार विरुद्ध सबै एक जुट भए भ्रष्टाचारको सञ्जाल जरैदेखि उखेल्न सक्ने भन्दै केन्द्रले भ्रष्टाचार रोक्ने अभियानमा सहयोग गर्न सबैसँग अपिल गरेको छ ।दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुभएको सन्देशमा भष्ट्राचार हुनै नदिनु सरकारको प्राथमिकता भएको बताउनुभएको छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *