अर्थमन्त्री पौडेल र फिनल्याण्डका राजदूत पेरतीबीच शिष्टाचार भेटघाट

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका महामहिम राजदूत पेरती एण्टिनेनबीच शुक्रबार अर्थ मन्त्रालयमा शिष्टाचार भेटघाट भएको छ।

भेटमा अर्थमन्त्री पौडेलले नेपाल र फिनल्याण्डबीच सदैव सुखद र असल सम्बन्ध भएको उल्लेख गर्दै नेपालको विकासमा फिनल्याण्ड सरकारले गर्दै आएको सहयोगको लागि धन्यवाद दिए।

यसका साथै अर्थमन्त्री पौडेल र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवर्द्धन, लगानी अभिबृद्धि तथा कोभिड १९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको छ।

उक्त भेटमा राजदूतले सन् २०२१ देखि २०१४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराए। राजदूतले नेपालसँग सहकार्य गर्दै सहायता अभिबृद्धि गर्दै जाने समेत बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *