देउवाले बोलाए शीर्ष नेताको बैठक, अध्यादेशबारे छलफल गर्ने

सरकारले हठात् जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बुधबार दिउँसो बस्ने गरी देउवाले पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठकमा सरकारले जारी गरेको अध्यादेशबारे छलफल हुने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *