बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच सहमतिबाट अगाडि बढ्ने सहमति

नेकपाको स्थायी समिति बैठकले पार्टीभित्र देखिएको विवादलाइ मत्थर पार्दै सहमतिको रेखातर्फ अगाडी बढाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद सम्वन्धी अध्यादेश फिर्ता लिने सहमति गरेको छ । त्यस्तै संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा दर्ता गरिएको आवेदनलाइ अगाडी नबढाउने र संवैधानिक नियुक्ति सहमतिकै आधारमा गर्ने निर्णयसँगै पार्टीमा चर्किएको विवाद केही मत्थर भएको छ ।
बैठक अघि २ अध्यक्षवीच छलफल भएको थियो । त्यसलगत्तै महासचिव विष्णु पौडेलसहितका नेताहरु बसेर अध्यादेश फिर्ता लिने र संसद अधिवेशनको निवेदन पनि फिर्ता लिदै सहमति खोज्ने निर्णय गरेपछि स्थायी समिति बैठक बसेको थियो । पार्टीभित्र देखिएको विवाद समाधान गर्नको लागि पुस ५ गते स्थायी समितिको बैठक पुन आब्हान गरिएको छ भने केन्द्रीय समितिको बैठक पुस १० गते बोलाउने निर्णय गरेको छ । सरकारले पार्टीमा कुनै छलफल र सल्लाह नगरि अध्यादेश ल्याइएको भन्दै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल सहितका नेताले अध्यादेश फिर्ता लिन माग गरेपछी विवाद चर्किएको थियो । यसअघि वैशाख १२ गते पनि सरकारले दलसम्वन्धी र संवैधानिक परिषद सम्वन्धी अध्यादेश ल्याएको थियो । तर विरोध भएपछि फिर्ता लिएपनि फेरि मंसिर ३० गते सोही अध्यादेश ल्याएपछी पार्टीमा पुन: विवाद चर्केको थियो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *